काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएकी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रानामगर उसभामुखमा निर्वाचित भएकी थिइन् । उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी हुन् ।
