म्याग्दी। मंगला गाउँपालिका–२ काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार सोमबार थाइबाङबाट बेनीतर्फ आउनेक्रममा रोकेर राखेको ग १ ज ६९३८ नम्बरको बोलेरो जिप पल्टिँदा जिपमा सवार मंगला गाउँपालिका–१ की ५० वर्षीया फौमाया गर्बुजाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन ढकालले रोकेर राखेर सामान राख्नेक्रममा बेलामा जिप आफै करिब एक मिटर गुडेर सडकमा पल्टिएको जानकारी दिए।
घाइते मंगला २ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी केसी र ५ वर्षीय रिवान केसीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ। चालक न्युप्रसाद पुर्जालाई नियन्त्रणमा लिएर छानबिन थालिएको छ।