काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको पूर्वमहामन्त्री डा.शशांक कोइरालाले जानकारी दिए।
उनले उमेदवारी दिनुपूर्व अरू दलसँग छलफल गर्ने बताए।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकमा विशेष गरी आउँदो राष्ट्रपतिको चुनावलाई केन्द्रीत भएरै छलफल भएको बताए। उनले समयमै राष्ट्रपति निर्वाचन हुनुपर्ने र कुनै पनि कारणले चुनाव पछि सार्न नहुने बताए।
उनले राष्ट्रपतिमा सकेसम्म सबै दलको सहमति लिन आफूहरू लागि परेको प्रवक्ता महतले जानकारी दिए।
उनले प्रधानमन्त्रीलाई दिइएको विश्वासको मत र राष्ट्रपति निर्वाचनलाई लिएर पार्टीभित्र कुनै किसिमको मतभेद नरहेको दाबी गरे।