काठमाडौं। नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाइएको छ। सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा सोमबार बिहान साढे ९ बजेपछि पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
कांग्रेसले केन्द्रीय समिति बैठक १५ गते बोलाइएको छ। आजको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।