धनगढी । नेकपा एमालेका नेता भीम रावलमाथि कारबाही गर्न माग गरिएको छ । राष्ट्रिय युवा सङ्घ नेपालका अछाम जिल्ला कमिटी अध्यक्ष हेमन्त बिसीले रावलले पार्टीलाई चुनाव हराउन भूमिका खेलेको भन्दै कारबाहीको माग गरेका हुन् ।
आइतबार धनगढीमा भएको राष्ट्रिय युवा सङ्घ सुदूरपश्चिमको दोस्रो पूर्ण बैठक र शपथ ग्रहण कार्यक्रममा बोल्दै बिसीले नेता रावलकै कारण अछाममा सङ्गठन छिन्नभिन्न हुने अवस्थामा पुगेको आरोप समेत लगाएका छन् ।बिसीले रावलकै कारण राष्ट्रिय युवा संघका युवाहरूमा एकता हुन नसकेकाले कारबाही गरेमा एकता कायम हुने दाबी समेत गरेका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय महासचिव क्षितिज थेवेको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा युवा संघका अछाम इन्चार्ज भरतबहादुर शाहको समेत सहभागिता रहेको थियो । सोही कार्यक्रममा बिसीले रावलले एमालेका उम्मेदवार झपट बोहरा र यज्ञ बोगटीलाई हराउन भूमिका खेलेको आक्षेप लगाउँदै कारबाहीको माग गरेका हुन् ।