काठमाडौं। मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।
जसपामा प्रवेश गर्ने प्रदेशसभा सदस्यमा महोत्तरी–२ (२) बाट निर्वाचित सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल रहेका छन्।
उनीहरुलाई आइतबार पार्टी कार्यालयमा जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरे।
यसअघि मधेश प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य थिए। आइतबार साह र जैसवाल प्रदेश गरेसँगै मधेश प्रदेशसभामा जसपाका सांसदको संख्या १८ पुगेको छ।
मधेश प्रदेशमा जसपाकै सरोज यादव मुख्यमन्त्री छन्।