काठमाडौँ । प्रचण्ड सरकारप्रति धारणा बनाउन नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ।
नेकपा एमालेसहित सात राजनीतिक दल र ३ स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।
त्यसका लागि रणनीति बनाउन कांग्रेसले संसदीय दलको बैठक गर्न लागेको हो। बैठक आज दिउँसो १ बजे संसदीय दलको कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ।