काठमाडौँ । महोत्तरी जिल्ला अदालतले दाइजोसम्बन्धी कसूरमा डा. पंकजकुमार चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको इजलासले चौधरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार मदन जयसवालले जानकारी दिए ।
महोत्तरीको औरही–१ की २१ वर्षीया नेहा चौधरी र रामगोपालपुर–५ का पंकज चौधरीबीच गत वर्षको फागुन २५ मा विवाह भएको थियो । ७ महिनापछि नेहाले गत कात्तिक २५ मा फेसबुकमार्फत दाइजोका नाममा श्रीमान् र परिवारका अन्य सदस्यले आफूमाथि हिंसा गरिरहेको विवरण सार्वजनिक गरेकी थिइन् ।