काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अगुवा–पछुवा सुरक्षाकर्मीसहितको गाडी हटाएको बताएका छन् । यससँगै आजैदेखि अगाडि एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उपप्रधान एवम् गृहमन्त्रीको नियुक्ति लगत्तै आफ्नो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षक (सई)नेतृत्वको सुरक्षाकर्मी राखेको पनि लामिछानेले जानकारी दिएका छन् ।
सडक नियमको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउँदै लामिछानेले विदाका दिनमा व्यक्तिगत सवारीसाधन प्रयोग गर्नेसमेत प्रतिबद्धता जनाएका छन् ।
