काठमाडौं । काठमाडौंको सामाखुसीमा रहेको आकाश जोगिनी पेट्रोलपम्प नजिकै आगलागी भएको छ । शुक्रबार साँझ आगलागी भएको हो ।
आगलागी नियन्त्रणको प्रयास जारी रहेपनि नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण पनि खुलेको छैन ।आगोलाई पेट्रोलपम्पसम्म आउन नदिन प्रयास भइरहेको छ ।