काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेल भोगिरहेका रेशम चौधरीको मुद्दा विश्वासको मतपछि टुंग्याउन पहल गर्ने बताएका छन् ।
शुक्रबार थारू कल्याणकारिणी सभाका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतपछि रेशमको मुद्दाबारे टुंगो लगाउन पहल गर्ने आश्वासन दिएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए ।
यसकासाथै संसदमा विश्वासको मतपछि निजामती सेवा ऐन लैजाने जसमा थारूको आरक्षणसमेत सुनिश्चित हुने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएको महामन्त्री चौधरीले बताए ।