काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संघीयता बलियो बनाउन दलहरु एकजुट हुनुपर्ने बताएका छन्।
शुक्रवारदेखि पोखरामा सुरु भएको देशभरका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखको भेलालाई सम्बोधन गर्दै उनले संघीयता बलियो बनाउन दलहरु एकजुट हुनुपर्ने बताएका हुन्।
तिमिल्सिनाले दिगो राष्ट्रिय लक्ष्य प्राप्ति गर्न जिल्ला समन्वय समितिलाई अधिकार प्रत्योजन गर्नुपर्नेमा जोड दिए। पालिकाहरुले दिगो लक्ष्य प्राप्तिका लागी गरेको कामको आधारमा वजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ।
समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलाले जिल्ला समन्वय समितिलाई प्रदेश र संघबाट कस्तो सहयोग छ भन्ने कुरा अहिले टड्कारो रुपमा रहेको बताए।
गाउँपालिका महासंका अध्यक्ष लक्ष्मी पाण्डेले तिन तहबीच समन्वय गर्नुपर्ने बताइन्।
शुक्रवार र शनिवार हुने परिषद् बैठकमा ७७ वटै जिल्लाका जिल्ला समन्वय प्रमुख, उपप्रमख र एक महिला सदस्यसहित ३ सय जनप्रतिनिधि सहभागी छन् ।
बैठकमा जिल्ला समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाउने बारेमा छलफल तथा अनुभव आदान प्रदान भइरहेको छ।
भेलाले नयाँ नेतृत्व समेत चयन गर्नेछ।