काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक अहिले जारी छ।
सभापति शेरबहादुर देउवासहितले पार्टीका शीर्ष नेताहरूको बैठक जारी देउवा निवास धुम्बाराहीमा जारी छ।
बैठकमा भोलि बस्ने संसदीय दलको बैठकका एजेन्डाबारे छलफल भइरहेको छ। संसदीय दलको बैठक शनिबार दिउँसो १ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ।
बैठकमा २८ पुसमा बस्ने केन्द्रीय समिति बैठकबारे पनि छलफल हुने बताइएको छ।
बैठकमा देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत नेताहरू छन्।