काठमाडौं। राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको बताएका छन्।
शुक्रबार संसद् भवनमा आयोजित सर्वदलीय बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले अध्यक्ष लिङ्देनलाई नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको बताएका हुन्।
उनले प्रस्ताव आए पनि पद लोलुप नभएको बताए।