काठमाडौं। मधेस प्रदेशमा नयाँ सरकारका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रले आह्वान गरेका छन्।
प्रदेश प्रमुख हरिशंकर मिश्रले नयाँ सरकारका लागि ७ दिनभित्र दाबी पेस गर्न शुक्रवार आह्वान गरेका छन्।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तिका लागि लागि पुस २८ गते बेलुका ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका हुन्।
मधेस प्रदेशसभामा १०७ जना सांसद छन्। सरकार बनाउन बहुमतका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ।
मधेश प्रदेशसभामा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९–९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १–१ र पाँच स्वतन्त्र सांसद छन्।
