राजबिराज। चिसोले कठ्याङ्ग्रिएर सप्तरीमा एक जनाको मृत्यु भएको छ।
चिसोले कठ्याङ्ग्रिएर तिलाठी कोइलाडी गाउँपालिका–४ का ४५ वर्षीय देवु सदाको मृत्यु भएको हो।
राति खाना खाएर सुतेका उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएको सप्तरी प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए।
तराईका जिल्लामा एक साताअघिदेखि अत्यधिक चिसो बढेको छ। चिसोले सप्तरी तराई मधेसका जिल्लाहरूमा जनजीवन कष्टकर बन्दै गइरहेको छ।