पोखरा। प्रेस युनियन गण्डकी प्रदेशको अध्यक्षमा टंकराज अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्।
पोखरामा भएको युनियनको प्रथम अधिवेशनले टंकराज अधिकारीको अध्यक्षतामा २५ सदस्य कार्यसमिति निर्वाचित गरेको हो।
समितिको उपाध्यक्ष खुल्ला तर्फ माधव रेग्मी (कास्की), उपाध्यक्ष महिलामा संगीता केशी बाँनिया (पर्वत), समावेशी उपाध्यक्षमा सारदा थेदी मगर(नवलपुर) र महासचिवमा प्रकाश ढकाल (कास्की) सर्वसम्मत निर्वाचित भए।
मण्डलका संयोजक कपिलमणी दाहालका अनुसार समितिको सचिव तर्फ खुल्ला नारायण रिजाल(बागलुङ), समावेशी मोहसिन अलिमियाँ (गोरखा), महिला सचिवमा अन्जना तिमल्सिना (तनहुँ) र कोषाध्यक्षमा सन्देश पौडेल (लमजुङ) निर्वाचित भएका छन्।
सदस्यहरुमा शंकरराज नहर्की (तनहुँ), सुवास पौडेल (कास्की), रिमा शाही (कास्की), खगेन्द्र भण्डारी (स्याङ्जा), गोविन्द लामिछाने (नवलपुर), फेमचन्द्र रोनियार (नवलपुर), देवराज पुरी (पर्वत), ऋषि बस्याल (स्याङ्जा), निरज अधिकारी (लमजुङ), पवित्रा खत्री (म्याग्दी), बुद्धि गुरुङ (मनाङ) र गीता कुमारी लामिछाने (कास्की) निवाचित भएका छन्।
बाँकी सदस्य समितिको बैठकले मनोनित गर्नेछ।