पाँचथर। पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । आगलागीमा परि मेघबहादुर सहित दुई जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा मेघबहादुका २२ वर्षीय छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ५५ वर्षीय मेघबहादुर गुरुङ र उनका छोरा विजेन्द्र गुरुङ घाइते भएका छ्न् । घाइतेको अवस्था सामान्य छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हरि खतिवडाका अनुसार सो घरमा सात जना सुतेका थिए । जसमध्ये तीन जनाले भागेर ज्यान बचाउन सफल भएका छन् । खतिवडाका अनुसार आगलागीबाट घर पूर्ण क्षति भएको छ भने आगलागीको कारण खुलेको छैन ।