दैलेख। दुल्लु नगरपालिकामा टिप्पर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ।
दुर्घटनामा टिप्पर चालक दुल्लु नगरपालिका–३ का २९ वर्षीय धनबहादुर बुढाको मृत्यु भएको छ। उनको दुल्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुल्लु नगरपालिका–७ का ३५ वर्षीय नगेन्द्र रावत र दुल्लु नगरपालिका–२ का ३२ वर्षीय पूर्ण थापा घाइते भएका छन्। उनीहरूको दुल्लु अस्पतालमा उपचार भइरहेको छ।
दुल्लु नगरपालिकाको भे१ग ७७ नम्बरको टिप्पर दुर्घटनामा परेको हो। दुल्लु नगरपालिका–८ र ९ को वडा कार्यालयका लागि फर्निचरका सामग्री लिएर गएको टिप्पर दुर्घटनामा परेको हो।
दुल्लुबाट पादुकातर्फ गइरहेको टिप्पर दुल्लु नगरपालिका–९ पादुकास्थित मध्यपहाडी राजमार्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।