काठमाडौं। अनिश्चितकालसम्मका लागि राहदानी (पासपोर्ट) छपाइ तथा वितरण अवरुद्ध भएको छ।
राहदानी विभागले मंगलबार सूचना जारी गर्दै सिस्टममा समस्या आएका कारण अनिश्चितकालसम्मका लागि पासपोर्ट छपाइ तथा वितरण अवरुद्ध भएको जानकारी दिएको छ।
गत पुस १७ गतेदेखि नै सिष्टममा समस्या आएको भन्दै विभागले राहदानी छपाइ र वितरण कार्य रोकेको थियो।

विभागले राहदानीका लागि आवेदन दिएकाहरूले आफ्नो मोबाइलमा एसएमएस आएपछि मात्रै विभाग आउन अनुरोध गरेको छ।
तर नियमित रूपमा राहदानी आवेदनका लागि बुक गरेकाहरूले बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि पनि विभागमा आउन आग्रह गरेको छ।
सम्बन्धित समाचारः
सचिवलाई प्रचण्डको चेतावनीः एक महिनाभित्र लाइन बस्ने बाध्यता नहटे कारवाही गर्छु