काठमाडौं। राहदानी विभागको वेवसाइटमा समस्या देखिएको छ।
विभागले मंगलबार एक सूचना जारी गर्दै वेवसाइटमा समस्या देखिएको जानकारी दिएको छ।
विभागका अनुसार राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण कार्य अवरुद्ध भएको छ।
समस्या समाधानका लागि कार्य गरिरहेकोले अर्को सूचना जारी नहुँदासम्म राहदानी आवेदनको स्टाटस हेर्न र राहदानी लिन विभागमा नआउन आग्रह गरिएको छ।
