काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्।
प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व र अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका हुन्।
उनले भने, ‘धेरैलाई प्रतिपक्षमा कांग्रेस पुग्ने भएपछि यस्तो भन्यो भन्ने लाग्ला। सधैं अस्थिरता भयो, त्यसैले मैले राष्ट्रिय सहमतिको सरकार भनेको हुँ। राष्ट्रिय सहमति खोज्ने बेला आएको छ। राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास गर्नुपर्छ।’
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतका दलहरुबीचको गठबन्धन भत्किँदा नेपाली कांग्रेसले सत्ता गुमाएको तर त्यसोभन्दा ठूलो अस्थिरता निम्तने खतरा बढ्छ कि भन्ने चिन्ता आफूलाई लागेको उनको भनाइ छ।