पोखरा। पाल इवान नेवाङ्ग गुम्बा विद्यालयको बस दुर्घटना भएको छ।
मंगलबार खपौदी छात्रा आवास विद्यालयबाट भकुण्डेतर्फ जाँदै गरेको एए ०००४ नम्बरको विद्यालयको बस पोखरा–१८ खपौदी बतास मार्गमा दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित ४३ जना विद्यार्थी र २ जना शिक्षक घाइते भएका छन्।
घाइतेको अवस्था सामान्य रहेको पामे प्रहरी चौकीका प्रमुख फविन्द्र शर्माले जानकारी दिए। घाइतेहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।
मुस्ताङमा केन्द्रीय कार्यलय रहेको विद्यलयले हिउँदमा पठनपाठनमा सहजताका लागि आफ्नो शाखाका रुपमा पोेखरा–१८ को भकुण्डेमा छात्र र खपौदीमा छात्रा विद्यालय तथा आवास सञ्चालन गर्दै आएकोे छ।