काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रेमबहादुर आलेमगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज (मङ्गलबार) पद तथा गोपनीयताको शपथ लिएका छन्।
मंगलबार सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको कानुन समितिको हलमा उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराए।
सांसद आलेकी आमाको निधन र सांसद राई सुत्केरी भएकोले शपथ लिन पाएका थिएनन्।