काठमाडौँ । महान फुटबलर पेलेको आज अन्त्येष्टि गरिने भएको छ ।गत बिहीबार भौतिक रूपमा अस्ताएका पेलेको नेपाली समयअनुसार मंगलबार साँझ ६ः४५ बजे अन्त्येष्टि गर्न लागिएको हो ।
पेलेलाई श्रद्धाञ्जली दिन साओ पाउलोको भिला बेलमिरो स्टेडियममा फ्यानहरू निरन्तर पुगिरहेका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार, उनको अन्त्येष्टि मेमोरियल नेक्रोपोल एकुमेनिका, सान्तोस कब्रिस्तानमा गरिनेछ।
अन्तिम संस्कारमा पेलेका परिवारमात्र सहभागी हुनेछन् ।विश्वका महान् फुटबलर पेलेले आफ्नो करिअर दौरान तीन पटक ब्राजिललाई विश्वकपको उपाधि दिलाएका थिए ।