काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले २४ पुसमा राजनीतिक समितिको बैठक बोलाएको छ । पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न नेसपाले राजनीतिक समितिको बैठक बोलाएको हो ।
पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेका अनुसार काठमाडौंमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, वैकल्पिक आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने र केही महत्वपूर्ण निर्णय हुनेछन् । बैठकमा माओवादीसँगको एकताको विषयमा पनि छलफल हुने उनले बताए ।