विराटनगर । मोरङ रंगेली नगरपालिका वडा नम्बर १ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
बबिया बस्ने मनोज राजंवशीको गाई ग्वाली, कुखुराको खोर र परालको टाँलभित्र गाँजा लुकाएर राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा ३५० केजी गाँजा बरामद भएको हो ।
प्रहरीले गाँजासहित रंगेली नगरपालिका १ बबिया बस्ने ४२ वर्षीय मनोज राजंवशी र गाँजा ओसारपसारमा संलग्न जिल्ला धनकुटा शहिदभूमि गाउँपालिका २ का २९ वर्षीय हस्त राईलाई पक्राउ गरेको छ । प्रहरीले प्र.न.१–०२–०५० प २७९२ नम्बरको मोटरसाएकलसमेत बरामद गरेको छ ।