काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
११औं गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गर्न गोरखा उद्योग वाणिज्य संघको टोलीसँगै बाबुराम बालुवाटार पुगेका हुन्। संघको टोलीले प्रधानमन्त्री दाहाललाई महोत्सवको प्रमुख अतिथिका लागि निम्तो हस्तान्तरण गरेको हो।
प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने पूर्वकार्यतालिका रहेको उल्लेख गर्दै सकेसम्म आफू कार्यक्रममा उपस्थित हुने वचन दिएको बताइएको छ।