काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने भएका छन्।
सोमबार सङ्घीय संसदका महासचिवलाई पत्र लेख्दै प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिन उल्लेख गरेका छन्।
नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदमा नियक्त भएका थिए।
प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ। सोही प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गन्।
२७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीलाई १३८ सांसदको समर्थन आवश्यक पर्छ।
