काठमाडौं। चन्द्रागिरी नगरपालिका–११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–७ घर भएका २८ वर्षीय प्रकाश मगर रहेको छन्।
उनलाई प्रहरीले आइतबार राति स्क्रुले बैंकको एटिएम खोलिरहेको अवस्थामा पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।