काठमाडौं। भारतको कर्नाटक राज्यअन्तर्गत पर्ने ब्याङ्लोरस्थित समुन्द्रमा डुबेर एक नेपाली युवक बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा बझाङको बुङ्गल नगरपालिका–७ डाडागाउँ ग्वालेक बस्ने मङ्गल बोहराका अन्दाजी २४ वर्षीय छोरा प्रेम बोहरा रहेका छन्।
बोहरा करिब दुई बर्ष अगाडि रोजगारीको सिलसिलामा भारतको बेङ्लोर पुगेका थिए। अङ्ग्रेजी नया वर्षको अवसर पारेर साथीहरुसँग घुम्न भनेर काम गर्ने कम्पनीबाटसमुन्द्रमा नुहाउन भएका थिए।
बेपत्ता बोहराको खोजी कार्य भैरहेको छ। उनी बुङ्गल नगरपालिका–७ को सिर्जना आधारभुत विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समितिका सदस्य हुन्।