काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आह्वान गरेको सिडिओ र जिल्ला सुरक्षा प्रमुखको संयुक्त बैठक सुरु भएको छ । देशभरका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा प्रमुखको संयुक्त बैठक सुरु भएको हो ।
देशभरको सुरक्षास्थितिको जानकारी लिन बैठक बस्न बसेको हो ।लामिछानेले अहिले भर्चुअल मार्फत छलफल गरिरहेका छन् ।
बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ ।