काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज सोमबार बस्दैछ । बैठक भोलि मंगलबारसम्म चल्ने सो दलले जनाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, चुनावको समीक्षा, विधान अधिवेशन, सरकारको न्युनतम साझा कार्यक्रम, सरकारमा सहभागिता र दलहरुसँग एकताका लागि वार्ता समिति गठन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
दलको कार्यकारिणी समितिको बैठकले तय गरेका एजेण्डाहरुमा राजनीतिक बैठकमा निर्णय हुने सो दलका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा विहान ११ बजेदेखि बस्ने बैठकमा पार्टीको आन्तरिक विषयमा समेत छलफल हुनेछ । यसअघि कार्यकारिणी समितिले सरकारमा सहभागीताका विषयमा पनि राजनीतिक समितिलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।