काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले खेल क्षेत्रलाई प्राथमिकताका दिनुपर्ने बताएका छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले खेल क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए ।
‘सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्छ, खेल क्षेत्रलाई सरकारले विशेष रुपमा हेर्नुपर्छ, अहिले खेलकुदमन्त्री हुनुहुन्न, म खेलकुदमन्त्री बनेपछि यस विषयमा कुरा गर्नेछु ।’ पूर्वप्रधानमन्त्री ओलीले भने ।
राजनीतिक वा अन्य काम गर्दा समाज कुनै पनि गल्ती गर्न नहुनेमा जोड दिँदै उनले भने, ‘हामीलाई ‘फाउल’ नखेल्ने सफल समाज चाहिएको हो, राजनीतिमा पनि धेरै फाउल खेल्यो भने ‘रेडकार्ड’ नै मिल्छ ।’ उनले खेलले अनुशासन सिकाउने उल्लेख गर्दै अनुशासनले मानिसलाई सफल बन्न मद्दत गर्ने बताए ।