काठमाडौँ । लायन्स क्लव अफ काठमाडौँ (एलसीके)सिद्धार्थ गौतम बुद्धले तनहुँका ८ वटा विद्यार्थीहरुका ८५० जना विपन्न तथा जेहनदार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
क्लव कार्तिक २७ गते भानु संस्कृत मा.वि., पौष १२ गते कालिका मा.वि, पौष १३ गते कर्मदा मा. वि, निर्जला आधारभूत विद्यालय,मनोहर मा.वि, सम्झना प्रा.वि, नारायणी आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सोही ठाउँमा गएर न्यानो कपडा वितरण सम्पन्न गरेको हो ।
भानु नगर पालिकाका मेयर आनन्दराज त्रिपाठी, वडा नं. ९ का अध्यक्ष मीनबहादुर गुरुङ, वडा नं. ८ का अध्यक्ष ईश्वर बहादुर घिमिरे, वडा नं. ५ का अध्यक्ष नहकुल अधिकारी र वडा नं. ४ का अध्यक्ष अर्जुन बहादुर बोहराको उपस्थितिमा ८ वटा विद्यालयहरुका ८५० विद्मार्थीहरुलाई न्यानो कपडा वितरण गरेको क्लवका अध्यक्ष लायन नारायण रेग्मीले जानकारी दिए ।
न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै भानु नगर पालिकाका मेयर आनन्दराज त्रिपाठीले लायन्स क्लव भनेको साँच्चि नै मानवताका लागि रहेछ र समाजसेवाको क्षेत्रमामा निकै प्रभावकारी सामाजिक संस्था रहेको जिकिर गरे ।
साथै, यस लायन्स क्लवले यस वर्ष यस्ता ३० वटा भन्दा धेरै सामाजिक कार्य गरिसकेको जनाएको छ । अझै २ वटा विद्यालयहरुका १५० जना विद्यार्थीहरुलाई वितरण गर्ने तयारीमा रहेको अध्यक्ष रेग्मीले जानकारी दिए ।