काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्।
यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरे।
विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा आएका थिए। उनका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि छन्।
चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा विमानस्थल बनाइएको थियो।