काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ ।
गत शुक्रबार एक लाख एक हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सुनको मूल्य ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।