धनगढी । नेकपा माओवादी केन्द्रको सुदूर पश्चिम सभाको संसदीय दलको नेतामा खगराज भट्ट निर्बिरोध चयन भएका छन् ।
माओवादी केन्द्रका सुदूर पश्चिम ईञ्चार्ज भट्टलाई अर्का आकांक्षी ओम बिक्रम भाटले समेत समर्थन गरेपछि भट्ट निर्बिरोध संसदीय दलको नेता चयन भएका हुन् ।
सुदूर पश्चिम प्रदेश सभामा माओवादी केन्द्रका ११ जना सांसद रहेका छन्।