काठमाडौं। पुष्पा न्यौपाने आत्मदाह प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दामा सुधन संग्रौला जेल चलान भएका छन्।
बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले आत्मदाह गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले सुधन संग्रौलालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि न्यौपानले संग्रौलाको धुम्बाराहीस्थित घरअगाडि पुगेर आत्मदाह गरेकी थिइन्।