काठमाडौँ । नेपाली कांग्रेस प्रदेश १ ले आज संसदीय दलको नेता चयन गर्दै छ। नेता चयनका लागि विहान ९ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका छ।
संसदीय दलको नेता बन्न तीन जनाले मनोनयन दर्ता गरेको निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिए।
उनका अनुसार प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गरेका छन्। प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी २९ सांसद छन्।