काठमाडौँ । काठमाडौँमा एकाबिहानै गुडिरहेको टेम्पोमा अचानक आगो लाग्दा टेम्पोमा क्षति पुगेको छ।
काठमाडौँको पुरानो बानेश्वर-मैतीदेवी-कमलपोखरी रूटमा चल्ने टेम्पोमा आज बिहान करिब ७ बजेतिर एक्कासी आगो लागेपछि टेम्पोमा क्षति भएको हो।
आगो लाग्ने टेम्पो मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतको हो।चालकसमेत रहेका टेम्पोधनी बस्नेतका अनुसार उनले यात्रुलाई चोकमा ओरालेर एक्लै बसेका थिए। सोही समयमा अचानक एक आवाज आयो फर्केर हेर्दा टेम्पोमा दनदनी आगो लागेको थियो।