काठमाडौं । काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि छानबिन थालिएको छ । सुत्केरी महिलामाथि दुर्व्यवहार गरेको अभियोग लागेपछि समिति गठन गरिएको छ ।
काठमाडौं महानगरपालिकाले महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको बताएको छ ।
प्रहरी हवल्दार गंगा उप्रेतीले आफूलाई सुत्केरी हुँदा पाण्डेले दुर्व्यवहार गरेको उजुरी दिएपछि त्यसमाथि छानबिन गर्न लागिएको हो । तीन सदस्यीय समिति गठन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिएका छन् ।