काठमाडौं। धेरै देशमा कोरोना संक्रमित बढ्दै गएपछि भारत सरकारले ५ देशबाट आउने यात्रुका लागि आरटी–पीसीआर परीक्षण अनिवार्य गरेको छ।
भरतले चीन, हङकङ, जापान, दक्षिण कोरिया र थाइल्याण्डबाट आउने यात्रुका लागि आरटी–पीसीआर परीक्षण अनिवार्य गरेको छ। उक्त नियम जनवरी १ देखि लागू हुनेछ।
स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले यात्रा गर्नु अघि यात्रुहरूले आफ्नो रिपोर्ट एयर सुविधा पोर्टलमा अपलोड गर्नुपर्नेछ।
यसका साथै सरकारले देशभरका विमानस्थलमा अनियमित नमूना र जिनोम सिक्वेन्सिङका लागि निर्देशन दिएको छ।
बुधबार भारतमा २६८ र मंगलबार १८८ नयाँ कोरोना संक्रमित थपिएका थिए। एकै दिन दुई लाख ३६ हजारभन्दा बढीको कोरोना परीक्षण भएको छ।
हाल भारतमा ३ हजार ५५२ कोरोना सक्रिय संक्रमित रहेका छन्।
देशमा २४ घण्टामा कोरोना संक्रमणबाट केरला र महाराष्ट्रमा दुई जनाको मृत्यु भएको छ।