मकवानपुर। नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ (जेएन) थपलिया चयन भएका छन्।
बिहीबार वाग्मती प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले उनलाई दलको नेतामा सर्वसम्मत तामा चयन गरेको हो।
नेकपा एमाले केन्द्रीय सदस्य तथा चितवन निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट निर्वाचित थपलिया पार्टी अध्यक्ष केपी ओलीनिकट हुन्।
सतारुढ घटक एमाले प्रदेशसभाको दोस्रो ठूलो दल हो। वाग्मती सरकारको नेतृत्व एमालेले पाउँदा मुख्यमन्त्री थपलिया हुने पक्का भएको छ।