काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गतेको पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन माग गरेको छ ।
सो पार्टीले पृथ्वी जयन्तीमा बिदा दिन माग गर्दै उनको सम्मानमा नेपाली नोटमा फोटो राख्न पनि माग गरेको हो।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्मान सरकारले गर्नुपर्ने निष्कर्ष निकालिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।