लिग लिडर आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार पाँचौँ जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा गाब्रियल जेसस र ग्राब्रियल मार्टिनेलीले गोल गरे । एस्टन भिल्लाका डौग्लास लुइजले गोल फर्काए । खेलको ३० औँ मिनेटमा जिससले गोल गर्दै आर्सनललाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाए ।
खेलको ७४ औँ मिनेटमा लइजले गोल गर्दै एस्टन भिल्लालाई १–१ गोलको बराबरी दिलाए । तर यो बराबरी धेरै बेर टिकेन । त्यसको तीन मिनेटपछि मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–१ गोलको जित दिलाए ।
आजै भएको अर्को खेलमा टोटेनहम र वेष्टह्यामले १–१ गोलको बराबरी खेलेका छन् । शीर्ष स्थानमा रहेको आर्सनलले लगातार पाँचौँ खेलमा जित निकालेसँगै १५ अंक भएको छ । पराजित एस्टन भिल्लाको पाँच खेलबाट तीन अंक छ ।