काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा अनसोल्ड भएका छन् ।
आइतबार भएको ड्राफ्टमा सन्दीप अनसोल्ड भएका हुन् ।चार चरणमा भएको ड्राफ्ट मार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आबद्ध हुँदा सन्दीप भने नबिकेका हुन् ।
बीबीएलको ड्राफ्टमा नेपालका कप्तान सन्दीपसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुवास खकुरेल रहेका थिए । पहिलो पटक ड्राफ्टमा परेका सुवास समेत अनसोल्ड भए ।
कप्तान सन्दीपले पछिल्ला चार संस्करणको बीबीएल खेलेका थिए । उनले ४३ बीबीएल खेलमा ४८ विकेट लिएका छन्।
दुई संस्करण मेलवर्न स्टारमा बिताएका सन्दीप दुई संस्करण होबार्ट हरिकेन्समा आबद्ध रहेका थिए । उनले पछिल्लो संस्करण होबार्टमा बिताएका थिए ।बीबीएलको आगामी सिजन डिसेम्बरबाट फेब्रुअरीसम्म आयोजना हुनेछ।बीबीएलको ईतिहासमा नै खेलाडी ड्राफ्ट पहिलो पटक भएको हो ।