काठमाडौँ । केन्यासँगको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १८ रनले पराजित भएको छ। केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्रै बनायो।
नेपालका लागि आरिफ शेखले २५, रोहित पौडेल र मोहम्मद आदिल आलमले २०–२० तथा पवन सर्राफले १९ रन बनाए।
यसअघि पहिले ब्याटिङ गरेको केन्याले आठ ओभरको क्षतिमा १३२ रन बनाएको थियो।
यसअघि बिहीबार भएको पहिलो खेल नेपालले जितेको थियो। पाँच खेलको श्रृङ्खला अन्तर्गत नेपालले तेस्रो खेल आइतबार अपराह्न ३ः४५ बजे खेल्नेछ।