काठमाडौं । भ्रमणकारी नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार घरेलु टोली केन्यासँग दोस्रो टी(२० आईमा प्रतिस्पर्धा गर्दैछ।
खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरू हुनेछ। बिहीबार सम्पन्न पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो।नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ। यता, केन्या भने पहिलो जितको खोजीमा हुने छ।
नेपालले केन्याविरूद्ध १२ भदौमा तेस्रो खेल खेल्ने छ। त्यस्तै, चौथो खेल १३ भदौ र पाँचौ तथा अन्तिम खेल १४ भदौमा हुनेछ।
५ टी-२० आई सिरिजपछि नेपालले केन्यासँग ३ एकदिवसीय सिरिज खेल्नेछ। पहिलो एकदिवसीय खेल १७ भदौ, दोस्रो खेल १८ भदौ र तेस्रो खेल २० भदौमा हुनेछ।