काठमाडौं। म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा सोमबार लिभरपुलमाथि २–१ गोलअन्तरको सनसनीपूर्ण जित निकालेको छ।
म्यानचेस्टरका लागि जाडोन सान्चो र मार्कस रसफोर्डले गोल गरे। यो हारसहित लिभरपुल तीन खेलमा जितविहीन छ।
सान्चोले १६ औं मिनेटमा पहिलो गोल गरे भने रसफोर्डले ५३ औं मिनेटमा दोस्रो गोल थपे। मोहमद सलाहले ८१औं मिनेटमा लिभरपुलका लागि एक गोल फर्काए पनि उक्त गोल टिमलाई हारबाट जोगाउन पर्याप्त रहेन।
लिभरपुल हालसम्म दुई अंकमै सीमित रहेको छ भने युनाइटेडको सुधारिएको प्रदर्शनसँगै लिगमा पहिलो अंक बटुल्न सफल भएको छ। खेलमा क्रिस्टियानो रोनाल्डो र कप्तान ह्यारी म्यागुएरलाई बेन्चमा थिए।